समाचार

माघ १२ देखि विद्यालय खोल्न दिन प्याब्सनको माग


काठमाडौँ – कोरोनाको संक्रमण बढ्दै गएपछि बन्द रहेको विद्यालय खोल्नका लागि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले सरकारलाई दबाव दिएको छ । प्याब्सनले माग २३ गतेदेखि विद्यालय खोल्नु पर्ने भन्दै शिक्षा मन्त्रालयसँग माग राखेको छ ।

बुधबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीसहित केन्द्रीय कार्य समितिले शिक्षा, विज्ञान तथा प्रविधिा मन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग राखेको हो । उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेका छन् ।

आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए ।