खेलकुद

आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा मनाङ र आर्मी भिड्दै


काठमाडौँ – पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै छ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो साढे २ बजे सुरु खेलमा दुबै टोली फाइलनमा पुग्ने रणनीतिसहित मैदानमा उत्रिने छन् । मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो । यस्तै, आर्मीले थ्री स्टार क्लबलाई १–० ले हराएर सेमिफाइलनमा पुगेको हो ।

यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुने छ ।