देश

एक प्रतिशत भन्दा तल पुग्यो जनसंख्या वृद्धिदर, आउन सक्छन् यस्ता नकारात्मक असर (भिडियोसहित)


काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले आज जनगणना २०७८ को प्रारम्भिक नतिजा जारी गरेको छ । सार्वजनिक नतिजा अनुसार जनसंख्या पूर्व प्रक्षेपण गरिएजति पनि पुगेको छैन भने वृद्धिदर ८ दशकैमै सवैभन्दा कम भएको छ । जसलाई चासोका रुपमा हेरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पछिल्लो दश बर्षमा नेपालको जनसंख्या २७ लाखले मात्र वृद्धि भएको छ । जुन दश बर्ष अघिको नेपालको जनसंख्या भन्दा १०.१८ प्रतिशतले वढि हो । यो अवधीमा जनसंख्या वृद्धिदर भने वार्षिक ०.९३ प्रतिशत मात्र छ । यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो । यसअघि २०६८ को जनगणनामा वृद्धिदर १.३५ प्रतिशत रहेको थियो ।

विगत ६ दशकको तत्थ्यांक हेर्दा २०३८ सालको जनगणनामा भने जनसंख्या वृद्धिदर सर्वाधिक २.६२ प्रतिशत रहेको थियो । त्यसपश्चात २०४८ मा घटेर २.०८ प्रतिशतमा पुगेको वृद्धिदर २०५८ मा बढेर २.२५ प्रतिशत पुगेको थियो । यसरी ६ दशकको जनसंख्या वृद्धिदर हेर्दा ६८ सालको जगनणनामा मात्र एकको अंकमा झरेको देखिन्छ । जुन अहिले अझै घटेका छ । जसलाई जनसंख्याविद्हरुले स्वभाविक प्रक्रिया मान्छन । वृद्धिदर घट्नुको मलतव जनसंख्या घट्नुको रुपमा वुझ्न नहुने बताँउदै उनीहरु अहिले ठुलो मात्रामा वेरोजगारी, अशिक्षा, गरिवी जस्ता समस्या रहेकोले यसले तत्काल कुनै नकारात्मक असर नपर्ने तर्क गर्छन ।

परिवार नियोजनको साधनमा बढ्दो पँहुच, सुरक्षित गर्भपतनको अधिकार तथा वालमृत्युदरमा कमी वढ्दो वैदेशिक रोजगारी जस्ता कुराले पनि जनसंख्या वृद्धिदरमा कमी आएको परिवार नियोजनको क्षेत्रमा काम गर्ने चिकित्सकहरु बताउछन । जसलाई सकारात्मक रुपमा लिन सकिने तर यसको नकारात्मक असरलाई भने कम आक्न नमिल्ने उनीहरुको भनाई छ । यहि अवस्था रहे दिर्घकालमा आश्रित जनसंख्या बढ्ने तथा सक्रिय जनसंख्यामा आउने कमीले सरकारी दायित्व बढ्ने, योग्य जनशक्तीको अभाव हुने जस्ता समस्या देखा पर्छन ।

जसले भएका स्रोत साधनको समेत सहि उपयोग नहुने अवस्था आउनसक्छ । फलतः जनसंख्या देशको धन समेत भएकोले कति चाहिने, कसरी व्यवस्थापन गर्ने भन्नेमा व्यवस्थित सरकारी योजना नै बनाउनुपर्ने उनीहरुको सुझाव छ । विश्वका केहि देशमा वृद्धिदर नकारात्मक समेत रहेको तथा यति नै वृद्धिदर आवश्यक भन्ने मापदण्ड नभएकोले यसबारे राष्ट्रिय जनसंख्या नितिमै व्यवस्था हुनुपर्ने उनीहरुको तर्क छ ।

घट्दो जनसंख्या वृद्धिदर नेपालका लागि तत्काल समस्या हुनेमा जानकारहरु सहमत छैनन् । तर यहि अवस्था रहे दिर्घकालनमा जनशक्ती कै अभाव नहोला भन्न सकिन्न । त्यसका लागि विकास निर्माणका कार्यदेखि रोजगारी सिर्जनाका कार्यहरुमा व्यापक रुपमा काम हुन आवश्यक छ । फलत ः धेरै जनसंख्या भएर स्रोत साधन नै अभाव हुने तथा कम जनसंख्या भएर पर्न सक्ने नकारात्मक असरका बारे भने सोच्ने वेला आईसकेमा भने दुईमत छैन ।