Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

वाग्मतीमा गठबन्धनका गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल निर्वाचित


काठमाडौँ — वाग्मतीमा सत्ता गठबन्धनका दुवै उमेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत गोमादेवी तिमल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका हुन् ।

महिलातर्फ तिमल्सिना ४८२४ मतभारले निर्वाचित भएका हुन् । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी निरकुमारी कुँवरले चार हजार ३६२ मत प्राप्त गरिन् । त्यस्तै अन्यतर्फ पौडेल चार ७९४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी गोपाल शाक्यले चार हजार ३४४ मत प्राप्त गरेको पोखरेलले बताए । दुईवटै क्लस्टरमा ६ जनाको उमेदवारी परेको थियो ।