Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राष्ट्रियसभामा जनमोर्चाको ‘इन्ट्री’


काठमाडौँ — राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको ‘इन्ट्री’ भएको छ ।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उमेदवार तुलबहादुर विश्वकर्मा विजयी भए । सत्ता गठबन्धनको सहयोगमा विक राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन् ।

दाङको घोराहीमा भएको निर्वाचनबाट विकले चार हजार ३५६ मतभार पाए । उनका प्रतिस्पर्धी कृष्ण सुनारले तीन हजार ३४८ मतभार पाएको सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । सुनार नेकपा ९एमाले०का तर्फबाट उमेदवार बनेका हुन् ।

यसअघि भएको राष्ट्रियसभा निर्वाचनमा यही प्रदेशबाट जनमोर्चाका रश्मिराज नेपाली उमेदवार बनेका थिए । तर, उनी पराजित भएका थिए ।