Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

लुम्बिनी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित


काठमाडौँ — राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् ।

बुधबार दिउँसोसम्म भएको मतदानपछि गरिएको गणनामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।

यहाँ एक्लै मैदानमा उत्रिएको नेकपा एमालेका तीनै उम्मेदवार हारेका छन् । एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो। विजयी भएका सत्तारुढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् । उता पराजित एमाले उम्मेदवारले ३३१२ मात्रै मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ ।