समाचार

औषधि व्यवस्था विभाग अगाडि ७ दिनसम्म निःशुल्क सिटामोल वितरण


काठमाडौँ — औषधि व्यवस्था विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ ।

औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो । कित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ ।

अभियानको पहिलो दिन आज ५४० जनालाई सिटामोल वितरण गरिएको आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले जानकारी दिए । आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध नभए अबको सात दिनपछि सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने अन्सारीले बताए ।