काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सतर्कताका बाबजुत आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ । PCR रिपोर्ट +veआएको छ ! ळक्षण सामान्य छ । केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाकानिम्ति क्षमाप्रार्थी छु । ‘
प्रतिक्रिया