समाचार

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै


काठमाडौँ — २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक तथ्यांक अनुसार कुल २ करोड ९१ लाख ९२ हजार ४८० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।

तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ । कुल जनसंख्याको ४८.९६ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला रहेका छन् । नेपालको जनसंख्या १० वर्षमा २६ लाख ९७ हजारले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।