काठमाडौँ – नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षकै कम भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।
नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो । सन् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।
प्रतिक्रिया