काठमाडौँ – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने पहिलो सेमिफाइनलमा मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने रणनीतिसहित मैदानमा उत्रिने छन् । यस खेलको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया