काठमाडौँ – विद्यार्थीहरूलाई कोरोनाविरूद्धको खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय ६ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ ।
कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने छ ।
मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ ।
प्रतिक्रिया