काठमाडौँ — काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएका छन् ।
काठमाडौँ विश्वविद्यालय र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच ती दुई कलेजले लिएको अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्ने सहमति भएको हो ।
यो सहमतिसँगै विद्यार्थी संगठनहरुले गरिरहेको आन्दोलन फिर्ता लिएको माधव नेपालनिकट अनेरास्ववियूकी नेत्री केशरी रेग्मीले जानकारी दिइन् ।
प्रतिक्रिया