राजनीति

कांग्रेस गुटको दलदलमा, फेरिएन देउवाको व्यवहार


काठमाडौँ — नेपाली काँग्रेसभित्र गुटको राजनीति फेरी बढ्न थालेको छ । अब साठी चालिसको भागबण्डा नचल्ने तथा पार्टी एकढिक्का भएर चल्ने बताउनेहरुले नै गुटलाई प्रश्रय दिईरहेका छन । फलतः स्थानीय तहको निर्वाचनको मितिका बारेमा समेत कांग्रेस एक हुन सकेको छैन ।

नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति पुन गुटको जालोमा फस्न थालेको छ । चौधौ महाधिवेशनबाट ६०–४० को भागवन्डाको प्रवृत्ती हट्ने तथा रुपान्तरण हुने दाबी गर्नेहरु नै अहिले गुटमा रमाईरहेका छन । यसैको निरन्तरता स्वरुप सोमबार भर्चुअल बैठक गरेको शेखर कोइराला समुहका नेताहरुले स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन ।

डा. शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको बैठकले देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको बेवास्ता गरेको भन्दै आलोचना गरेका थिए । राष्ट्रिय राजनीतिमा कांग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनको विषयमा समेत गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको र यसले पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको उनीहरुको भनाई थियो । इत्तर समुहले केन्द्रीय सदस्यमा मनोनय गर्ने देखि वरीयता निर्धारणमा समेत असन्तुष्टि पोख्दै आएको छ ।

यता अभिभावकिय जिम्मेबारी निभाउनुपर्ने सभापति देउवाले समेत यसअघि कै उकलकाटे प्रवृत्तीबाट मुक्त हुन सकेका छैनन् । विगतमा नजिकका लाईमात्र प्रश्रय दिएको तथा पार्टीलाई विधानत चलाउन नसकेको आक्षेप खेपेका उनी अहिले पनि सोहि बाटोमा अघि बढेका छन ।

सभापतिमा पराजित डा.शेखर कोईरालाई वरियताको विसौ स्थानमा थन्काईदिने, निर्वाचन प्रक्रियामै सहभागी नभए पनि सहयोग गरेकालाई मनोनयन गर्ने जस्ता कार्य देउवाले गर्दै आएका छन् । यसैको निरन्तरता आफ्नै पार्टीको ठुलो हिस्सा स्थानीय तहको निर्वाचन नसार्ने तथा निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा रहँदा रहँदै पनि उनी एकलौटि ढंगले अघि बढिरहेका छन् ।

अर्थात उनको यहि प्रवृत्तीका कारण पार्टी भित्रको गुट अझ मौलाउने प्रष्ट छ । तर देउवा तर्फका नेताहरु भने सभापति पहिलेभन्दा परिवर्तन हुने तथा निर्वाचित भएर आएको छोटो समयमै भएका केहि कामकै आधारमा मूल्यांकन गर्न नमिल्ने बताउने गरेका छन ।

हुन त निर्वाचन प्रक्रियामार्फत सभापति बनेकाविरुद्ध हारेकाहरुले गुटगत आक्रमण गर्ने परिपाटी कांग्रेसमा लामो समयदेखि चल्दै आएको छ । तर पार्टीभित्रको असन्तुष्टि र विरोधका आवाजलाई पनि समेटर अघि बढ्नुपर्ने अभिभावकीय जिम्मेबारी भने सभापतिकै हो । जसमा देउवा चुकेका छन् । परिणामत ः निर्वाचन सार्ने र निर्वाचनसम्मै गठबन्धन गर्ने विरुद्ध रहेको आफ्नै पार्टीको ठुलो हिस्सा र गठबन्धनको निर्णय नकार्न नसक्ने दोहोरो दलदलमा देउवा फसेका छन् ।