मौसम

आज राति देशभर वर्षाको सम्भावना


काठमाडौँ — आज (मंगलबार) राति देशभरकै विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि बुधबार दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । अनि देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।