कोरोना विशेष

काठमाडौँ उपत्यकामा एकै दिन थपिए ६ हजार १७२ संक्रमित


काठमाडौँ — काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ जनाको मृत्यु भएको छ ।