काठमाडौँ — सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
५ दिनको अवधिमा विद्यालयमा खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका कोही पनि नछुट्ने गरी उक्त अवधिभित्रै आफ्ना सबै खोप लगाउन’ मन्त्रालयले विद्यालयहरुलाई सूचित गरेको छ ।
प्रतिक्रिया