कोरोना विशेष

२४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ। जसमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरणअनुसार २ सय ४५ जना आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।