समाचार

रुपन्देहीको घोडाहा जंगलमा २ जनाको शव भेटियो


काठमाडौँ — रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहले  जनाएको छ । 

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।