काठमाडौँ – कोरोना भाइरसको तेस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ । त्यसैले सरकारले बालबालीको लागि पनि खोप उपलब्ध गराउनु पर्ने विज्ञहरु बताउछन् ।
नेपालमा कोरोनाको प्रकोप बढ्दै जादा संक्रमित हुने बालबालीको संख्यामा पनि बृद्धि देखिएको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको हो । सरकारले करिब दुई महिनाअघि मात्र १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिइएको छ । तर,१२ वर्ष मुनीको बालबालीकाले कहिले खोप पाउने भन्ने टुङगो छैन् । ३ दिनको स्वास्थ्य मन्त्रालयको तथ्याङकलाई हेर्ने हो भने १० वर्ष मुनीका बालबालीहरु ४ सय ४ जना संक्रमित भएका छन्, भने ११ देखि २० वर्ष उमेर समुहका १ हजार २ सय ९१ जना संक्रमित भएका छन् ।
पहिलो लहरहरुमा कोरोना संक्रमणले विशेषगरी वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई बढी असर गरेको थियो । दोस्रो लहरको संक्रमण ज्येष्ठ नागरिकमा भन्दा युवाहरुमा बढी देखियो । तेस्रो लहरमा बालबालीकामा पनि संक्रमण दरमा बृद्धि भएको छ । यस्तो अवस्थामा संक्रमणबाट जेगिने पहिलो उपाय भनेको नै खोप हो । चीन ३ वर्ष देखि १७ वर्षका बालीबालीकालाई खोप दिने पहिलो देश बनेको थियो ।
जापान, अमेरिकालगायतका देशहरुले पनि ५ वर्ष माथिका बालबालीकालाई खोप दिइरहेका छन् । नेपालमा पनि सरकारले बालबालीकालाई खोपको उपलब्ध गरेको भए जोखिम धेरै कम हुने विज्ञहरु बताउछन् ।
तेस्रो लहरबाट जोगिन खोप नै आवश्यक पर्छ । तर, खोप उपलब्ध नभइरहेका कारण त्रास झन् बढ्दो छ । त्यसमा पनि बालबालिकालाई खोप नलगाइएका कारण थप जोखिमा पर्ने देखिन्छ । सरकारको तयारी हेर्दा तत्काल बालबालिकाले खोप पाउने स्थिति पनि देखिदैन् ।
नेपालमा जुनसुकै उमेरका व्यक्तिलाई पनि खोप लगाउन बिदेशी मुलुककै भर पर्नुपर्ने अवस्था छ । त्यसैले गर्दा पनि नेपालमा बालबालिकाका लागि छिट्टै खोप प्राप्त हुने सम्भावना छैन् । राज्यले कुन देशबाट हुन्छ सहकार्य गरेर जनताको जीवन रक्षाका लागि चाँडै खोपको उपलब्ध गराउनु आवश्यक छ ।
प्रतिक्रिया