राजनीति

पूर्वमन्त्री वर्षमान आज स्वदेश फर्कदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्कदै छन् र चीनमा सफल उपाचर गराएपछि उनीसहित पत्नी ओन्सरी घर्ती मगर आज अपराह्न नेपाल फर्कन लागेका हुन् ।

नेता पुन वंशाणुगत जण्डिस भएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचाररत थिए । सुरुमा जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गराएका पुनको स्वास्थ्य झनै विग्रिएपछि चिकित्सकको सल्लाहमा थाइल्याण्ड गएका थिए । असोज १३ मा बैंकक पुगेका उनको समितिभेज अस्पतालको दुई महिनाको उपचारपछि चीन लगिएको थियो ।

बैंककमा पनि अपेक्षाकृत स्वास्थ्यमा उपचार नभएपछि मंसिर १० मा बेइजिङस्थित थर्ड पिपुल्स अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ । बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ ।