काठमाडौँ – पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदै छ । पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । यस खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया