खेलकुद

बराबरीमा रोकियो म्यानचेष्टर सिटी


काठमाडौँ – इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा सिटी साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिस स्टेडियमा घरेलु टोलीका लागि केल वाल्कर पिटर्सले गोल गर्दा सिटीका एमेरिक लापोर्टाले बराबरी गोल फर्काएका थिए।

खेलको सातौ मिनेटमा नै केल वाल्करले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। उनले नाथन रेडमन्डको पासमा गोल गरेका थिए।

खेलको ६५औं मिनेटमा लापोर्टाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए। घरेलु टोलीविरुद्ध ७४ प्रतिशत बल पोसेसन राखेपनि सिटीले त्यसपछि गोल भने गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो।

यो बराबरीसँगै शीर्षस्थानको रहेको सिटीको २३ खेलबाट ५७ अंक पुगेको छ। पराजित साउथह्याम्टन भने २२ खेलबाट २५ अंक जोडेर १२औं स्थानमा रहेको छ।