काठमाडौँ – जनजीवन सामान्य बन्दै गर्दा नेपालमा फेरि पनि कोरोनाको अर्को भेरियन्ट ओमीक्रोनले भयावह रुप लिन थालेको छ । कोरोना नियन्त्रणको लागि भन्दै सरकारले सवारी साधनमा जोरविजोरलगायत विभिन्न खालका प्रतिवन्धहरु लगाएको छ । अब फेरि पनि लकडाउन हुने होकी भन्ने धेरैको जिज्ञासा छ । के नेपालमा फेरि लकडाउन होला त ?
कोरोना भाइरस फैलिँदै गर्दा नेपालका अधिकांश जिल्लामा गत चैतदेखि असारसम्म करिब चारमहिना लामो लकडाउन भएको थियो । रोगले भन्दा भोकले मर्ने स्थिति आएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले लकडाउन हटाएको थियो । लकडाउन हटेको केही समयमै संक्रमित र मृतकको संख्या बढेपछि काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा पुनः निषेधाज्ञा जारी भयो । निषेधाज्ञाले पनि कोरोना नियन्त्रण गर्न नसकेपछि भदौको अन्त्यतिर खुकुलो हुँदै असोज एकदेखि सार्वजनिक यातायात र हवाइ उडान समेत खुला भएको थियो । फेरि पनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमा नै फैलिन थालेको छ ।
अन्य राष्ट्रहरुमा ओमिक्रोन भेरियन्ट छोटो अवधिमा तीव्र रुपमा फैलिएझैँ नेपालमा पनि त्यही रुपमा फैलिएको पाइएको छ ।संक्रमण बढ्दै गएको भन्दै सरकारले स्मार्ट लकडाउन लागु गरेको छ भनेशुक्रबार रातीबाट त जोर विजोर लागु गर्ने निर्णय गरेको छ । यसले गर्दा आमनागरिक अब फेरि लकडाउन हुने होकी भन्ने चिन्तामा छन् ।संक्रमितको संख्या बढ्दैगर्दा सरकारले लकडाउनकै सहारा लिने संकेत गरेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर उत्कर्षमा पुग्दा अस्पतालमा बेड, एचडीयू, आईसीयू, भेन्टिलेटर र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाएमा थिए । हाल कोरोनाको तेस्रो लहरसँग जुध्न सरकारले उचित काम नगरेको भन्दै विज्ञहरु असन्तुष्टि छन् । अब भने लकडाउन गरेर समस्यको समाधान नहुने उनीहरुको तर्क छ ।\
संक्रमितको संख्या बढेको बहानामा सरकारले पटकपटक लकडाउन र निषेधाज्ञा जारी गर्दै आएको छ । जनजीवनमा अंकुश लगाउने तर सुरक्षा सतर्कता नअपनाउने प्रवृत्तिका कारण संक्रमणमा नियन्त्रणमा आउन नसकेको कुरा जगजाहेर नै छ । त्यसैले फेरि पनि लकडाउनकै सहारा लिने मनस्थितिबाट सरकार मुक्त हुनैपर्छ ।
प्रतिक्रिया