राजनीति

तीनै तहको निर्वाचन एकै समयमा गर्नेबारे माओवादीमा छलफल


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले तीनै तहको निर्वाचन एकै समयमा गर्नेबारे छलफल गरेको छ । निवर्तमान स्थायी कमिटी बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकै समयमा गर्ने विपयमा छलफल भएको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सकेसम्म कम खर्चमा तीन तहको निर्वाचन एकैसमयमा गर्ने बारे छलफल भइरहेको उहाँको भनाइ छ ।

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सहमति जुटिसेकको छैन । निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सकिने प्रस्ताव गरेको छ । तर, सत्तारुढ दलहरू निर्णयमा पुगिसकेका छैनन् । झलनाथ खनाल नेतृत्वको सत्तारुढ दलहरूको कार्यदलको सुझावपछि एमसिसी संशोधनसहित अगाडि बढाउनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको महराको भनाइ छ ।

केन्द्रीय कमिटी बैठक कोभिड मत्थर नभएसम्मका लागि स्थगित गरिएको पनि महराले जानकारी दिनुभयो ।