राजनीति

सुस्तायो धरहराको निर्माण कार्य, थपिएको समय पनि गुज्रिदै


काठमाडौं—२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण काम सकेर आम सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य भने विफल बन्दै गएको छ ।

किनकी यो चैत मसान्तसम्ममा पनि काम नसकिने निश्चित भईसकेको छ । ४२ रोपनीमा फैलिएको धरहरा निर्माण कार्यको भौतिक संचनामा सुस्तता छाएसँगै आम नागरिकको लागि कहिले खुला हुन्छ निश्चित छैन् । यद्यपि धरहरा निर्माण कार्यका ईन्जिनियर सञ्जय नकर्मी अब २०७९ असोज मसान्तसम्म सम्पूर्ण कम सम्पन्न हुनेमा केही हदसम्म विश्वस्त त छन् तै पनि निश्चित भने छैनन् ।

यसअघि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले धरहरा निर्माणको जिम्मा लिए पनि हाल सहरी विकास मन्त्रालय योजना अन्तर्गत आईपुगेको छ । २२ तले धरहरा छिटोभन्दा छिटो ठड्याउँका लागि दिन रात नभनि अग्रसर देखाईए पनि हाल करिब निर्माण स्थलमा सीमित कर्मचारी मात्रै देखिन्छन ।

बाहिरबाट पूर्ण रुपमा धरहरा ठडिएको देखिएपनि भित्रका काम भने निकै बाँकी नै रहेका छन् । जसमा सिढी, रङ रोकन लगायतका काम बाँकी छन् । यस्तै धरहरा आसपासका योजना सम्पन्न गर्न कति समय लाग्ने हो यकिन छैन् । बरु कोरोना महामारीको तेस्रो लहर निमार्ण कम्पनीका लागि बहानाबाजी बनेको छ ।