राजनीति

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित


काठमाडौँ – तीव्र रुपमा फैलिरहेको कोरोनालाई कारण देखाउदै नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गरेर बाँकी रहेका १६ जिल्लाको अधिवेशन तत्कालका लागि स्थगित गरिएको जनाएको छ।

यसअघि राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि माघ १५ गते बाँकी रहेका जिल्लाहरुको अधिवेशन गर्ने तयारी कांग्रेसले गरेको थियो।