राजनीति

सरकारविरुद्ध नेविसंघको प्रर्दशन


काठमाडौँ – नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । आज नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिन भवन, माईतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।

त्यस क्रममा उनीहरुले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिनु भयो । नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको थियो ।