काठमाडौँ – कोरोना महामारीको संक्रमण बढ्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज परीक्षा स्थगित गरिएको सूचना जारी गर्दै सबै संकाय अन्र्तगत वार्षिक र सेमेस्टरका सञ्चालनमा रहेको र सञ्चालन हुन बाँकी सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण जोखिम बढेकाले माघ ९ देखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा। मोहनबहादुर बस्नेतले जनाएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयको पनि आफ्नो सबै परीक्षाहरु स्थगित गरिसकेको छ ।
प्रतिक्रिया