राजनीति

माओवादीको केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ – नेकपा माओवादी केन्द्रले माघ ८ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

केन्द्रीय समितिको बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन गरेको जनाइएको छ ।

यसअघि पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि रोकिएको थियो ।

केन्द्रीय कमिटीको बैठक स्थगित गरेर पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक बोलाइएको छ ।