राजनीति

तीन राजनीतिक दल खारेज


काठमाडौँ – निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद्को दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् । प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो । जरिवाना पनि नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद् २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।