राजनीति

दलमा निर्वाचनको लफडा,कानुनले बैशाखमा मिल्दैन !


काठमाडौँ – स्थानीय तहको चुनाव पहिले गरेर वडाध्यक्षमै पार्टीका उम्मेद्वार पराजित हुनुभन्दा पाँच दलीय गठबन्धनको मोर्चासहित संघीय निर्वाचनमा जान माओवादीसहितका दलहरु इच्छुक देखिएको छ ।

स्थानीय निर्वाचनलाई पन्छ्याएर प्रथमतः संघीय निर्वाचन गर्न सकियो भने गठबन्धनकै बलमा चुनाव जित्ने र पुनः सरकार चलाउने माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डको दाउ छ ।

यसो भए सरकारकै तामझाममा पछि हुनेस्थानीय तहको चुनाव पनि जित्न सकिने लोभ मुलतः प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको देखिन्छ ।

जुन विषय सरकार सञ्चालनका लागि सहजीकरण गर्न बनेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्डले प्रस्तावकै रुपमा अघि सारेका छन् ।वैशाखजेठमा संसदीय र कात्तिकमंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव उनको छ ।