राजनीति

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेट : भोलि गठबन्धनको बैठक बस्ने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनका तीन नेताबीच बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेटपछि भोलि (शुक्रबार) दिउँसो ४ बजे गठबन्धनको बैठक बोलाउने निधो भएको स्रोतले बताएको छ ।

कोरोना संक्रमण भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल बाहिर निस्किएका थिएनन् । उनी आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।