बिजनेस

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ७७ करोडको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।

बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा आज ३३ अंकले उकालो लागेको हो । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर, साताको अन्तिम कारोबारको दिन विहीबार नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ ।

विहीबार कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।