राजनीति

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता चलिरहेको स्रोतले जानकारी गराएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।