राजनीति

मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन


काठमाडौँ – आगामी माघ १२ गते हुन् राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिमा अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेउल्लेख गरेको छ ।

बिहीबार भएको सहमतिमा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । मधेशमा दुई पार्टीबीच गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ।

मधेश प्रदेशमा यसअघि नै काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ।