राजनीति

मन्त्री यादवले दिइन् सीके राउतलाई मार्नेसम्मको धम्की


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी छन् । रौतहटको कार्यक्रममा बोल्दै मन्त्री यादवले राईसमिलको घटना स्मरण गराउँदै यस्तो हिंसा भड्काउने अभिव्यक्ति दिएकी हुन् ।

बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले भनिन् ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’ बलिदानी दिवसको अवसरमा हिंसा नगर्ने भन्दै सिके राउतलाई ईगित गरेर तुफानसंग टकराउने प्रयास गर्दाको परिणाम गौरको राइस मिल भएको बताइन् । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

बिहीबार गौरमा बलिदानी दिवस मनाउन पुगे मन्त्री यादवलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।