काठमाडौँ – घरेलु टोली दक्षिण अफ्रीकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । गएराति दक्षिण अफ्रीकाले भारतलाई ३१ रनले हराएको हो । यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।
दक्षिण अफ्रीकाले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र समेटियो । भारतका लागि शिखर धवनले ७९ र विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यसअघि दक्षिण अफ्रीकाका रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेलेका थिए । कप्तान टेम्बा बाभुमाले पनि १ सय १० रनको शतकीय इनिङ्स खेलेका थिए ।
प्रतिक्रिया