राजनीति

संसदको रोस्टममा अनौठो हर्कत, सरकारदेखि जनता यसरी अनुशासनहिन (भिडियोसहित)


काठमाडौँ – सडकदेखि सदनसम्म देश लथालिङग भएर चलिरहेको छ । तर रोकतोक लगाउने कोही छैन । यो देशमा जसले जे गरेपनि छुट पाइरहेका छन् । राजनीतिक नेतृत्वदेखि जनतासम्मै विकृत संस्कारले अनुशासनहिनताको अवस्था निम्तिएको छ ।

एकपटक यी मान्य ज्यूको हर्कत हर्नुहोस् त । यी माननीय हुन् मधेश प्रदेश सभा सदस्य रामकुमार यादव । आइतबारको प्रदेशसभा बैठकमा बोलिरहेका उनको मोवाइलमा घण्टी बज्यो । रोस्टममा उभिएर बोलिरहेका यादवलाई कहाँ उभिएर बोलिरहेको छु भन्ने पनि थाहा भएन । ए भाई भन्दै रोस्टममै फोनमा गफ मार्न थोलेपछि एकछिन संसद्मा हाँसोको फोहोरा नै छुट्यो ।

विशेष संवेदनशील स्थल भएकाले यहाँ नीति निर्माता सांसदहरुले न्यूनतम आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ । तर संसदलाई नै मजाक बनाएर नेकपा माओवादी केन्द्रका यी सांसदले संसदलाई चिया चौतारा नै बनाईदिए । कहिलेकाहीँ भट्टी नै बनाईदिन पनि पछि पर्दैनन् सांसदहरु । हुनत संसद छिर्न वित्तिकै हाम्रा सांसदहरु माननीयको गरिमा भुल्छन् । तोडफोड र गालीगलौज गर्दै संसद्मा उधुम मच्चाउन पछि पर्दैनन् । यस्ता गतिवधि प्रदेशदेखि संघसम्मै हुने गरेका छन् ।

नेकपा एमालेका सांसदहरुले भदौ २३ यता संसद्मा उस्तै हर्कत देखाइरहेका छन् । संसद् सुरु हुन नपाउँदै हुल बाँधेर रोस्टम घेर्न पुगीहाल्छन् । जुन कहिले अन्त्य हुन्छ थाहा छैन । देश नै एकहिसाबले लथालिङगसँग चलिरहेको छ । मन्त्रालयकै ढोकामा कुटाकुट र कालोमासो दलादल हुन्छ । न छानबिन, न कारबाही जसले जे गरेपनि छुट पाइरहेको छ । बतास जस्ता समूहले ऐतिहासिक सम्पदा नै हडप्न खोज्छन्, सरकारी पक्ष रोक्न भन्दा सेटिङ मिलाउन लागि पर्छ ।

मधेश प्रदेशको नामाकरण हुन वित्तिकै पुत्लादहन गर्दै आगो सल्काउने पनि यही देशमा छन् । प्रदेश सभा सांसद नै १० लाख लिएर नामाकरण जस्तो महत्वपूर्ण प्रक्रियामा सहभागि नभएको विषय पनि यही देशमा चर्चाको विषय बन्छ । सुनसरीको बर्जुवामा खेसरीलाल यादव नाम गरेका एकजना भोजपुरी गायक नआएपछि महोत्सवमा स्थलमै आगो लगाईयो । चारवटा त स्कारपियो मात्रै जले ।

सरकारले २५ लाख खोप नै गायव बनाएको छ । कागजमा खोप छ, लगाउन खोज्दा भेटिएको छैन । स्वास्थ्यकर्मी अस्पतालका ढोकामा डुकेर बस्दा जनता खोप लगाउन पुग्दैनन् । जब पुग्छन्, हुलदंगा नै मच्चिने गरि पुग्छन् ।

यो देशमा राजनीतिक नेतृत्व मात्र होइन जनता पनि विकृत संस्कृतिमा रमाइरहेका देखिन्छन् ।