काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
बुधवार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको हो । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएको थियो ।
प्रतिक्रिया