राजनीति

विशेष अदालतले थुनुवा बाहेकको मुद्दा सुनुवाइ नगर्ने


काठमाडौँ — विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् ।

आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ, त्यो प्रशासनिक प्रकृतिको काम हो ।

विशेषले थुनुवाई बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।