राजनीति

ललितपुरमा अत्यावश्यक बाहेक अन्य सेवा अनिश्चित कालका लागि बन्द


काठमाडौँ – पछिल्लो समय कोभिडको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कार्यालयको कर्मचारीमा कोभिडको संक्रमण देखिएका कारण प्रशासनले अत्यावश्यकका सेवाबाहेक अन्य सेवाहरु अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उनले जानकारी दिए ।