काठमाडौँ – राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एपीएफले १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाएर नेपाल पुलिस क्लबलाई १५७ रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको एपीएफका लागि अमर राउटेलाले सबैभन्दा धेरै २९ रन बनाए । लेकेश बम २७ रनमा पवेलियन फर्किंदा सन्दीप जोरा २४, कप्तान शरद भेषावकर १९ र भुवन कार्कीले १७ रन जोडे ।
पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन तीन विकेट लिए । गुल्सन झाले दुई विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एकरएक विकेट लिए । पुलिस जवाफी व्याटिङमा उत्रिएको छ ।
प्रतिक्रिया