राजनीति

चुनाव छल्न गठबन्धनको छलकपट, स्थानीय चुनाव मुस्किलमा


काठमाडौँ – सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । वैशाखमै स्थानीय तहको चुनाव हुन्छ भन्ने पत्रकारको प्रश्नलाई उनले पटकपटक छल्न खोजे । उनको मुखबाट वैशाखमा नै स्थानीय तहको चुनाव हुन्छ भन्ने वक्य निस्किएन । उनले बारम्बार भनिरहे, संविधानले तोकेकै समयमा निर्वाचन हुन्छ । पत्रकारले पुनः सोधे बैशाखमै चुनाव गर्न सरकार तयार छ ? कार्की जवाफ फेरिएन ।

आखिर सरकारका प्रवक्ता कार्कीले बारम्बार बैशाखभित्र निर्वाचन गर्ने विषयलाई किन छल्न खोजे ।यसको पनि कारण छ । मुलतः संविधानले एकदिन पनि स्थानीय तहलाई जनप्रतिनिधिविहिन बनाउने परिकल्पना गरेको छैन । तर स्थानीय तहका पदाधिकारीको पदावधि सकिन जम्मा पाँच महिना बाँकी रहेका बेला सरकार अझै स्थानीय तहको चुनावबारे स्पष्ट छैन । संविधानमै स्पष्ट लेखिएको स्थानीय तहको चुनावलाई नै तह लगाउने गरि सरकारलेछलकपट गर्न खोजेपछि पछिल्लो समय व्यापक रुपमै विरोध र आलोचना भइरहेको छ ।

यसै छल्न गरि मंगलबार गठबन्धननिकट उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । संयन्त्रले चुनाव गर्ने विषयमा सहमति त ग¥यो । तर बैशाखभित्रै गर्नुपर्ने चुनावमा अस्पष्ट जवाफ दिएर सरकारले पुनः छल गर्न खोजेको छ । र बैशाखमै चुनाव हुँदैन भन्ने संकेत पनि दिएको छ । सरकारले संविधानमाथि नै जोड दिनुको कारण भनेको बाँझिएको कानुनबाट फाइदा लिन खोज्नु हो । किनकि स्थानीय तहको निर्वाचनका विषयमा संविधान र ऐन बाँझिएको छ ।