काठमाडौँ – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको फाइनल आज हुँदै छ । त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो । एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई ४७ रनले हराएको थियो ।
यस्तै पुलिसले बागमती प्रदेशलाई हराएको थियो । फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको थियो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया