राजनीति

मापदण्डलाई ध्यानमा राखेर एमालेका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित


काठमाडौँ – कोभिड–१९ संक्रमण पुनः बढेपछि प्रतिपक्षी दल एमालेले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका कार्यक्रम स्थगित गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन एमालेले आग्रह गरेको छ । एमालेले माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसंगठनका अधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाए पनि प्रभावित भएका छन् । गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु पनि अनिश्चित भएका छन् ।