समाचार

संक्रमण बढेपछि पासपोर्ट वितरणको संख्या घटाइयो


काठमाडौँ — कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि राहदानी विभागले सेवा कटौती गरेको छ । दैनिक १२ सयलाई राहदानी दिदै आएको विभागले अब ६ सयलाई मात्र वितरण गरिने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

विभागका १५ जना कर्मचारी एकैपटक संक्रमित भएको र अरु कर्मचारीमा पनि संक्रमण देखिन थालेको तथा पासपोर्टका लागि ठूलो भिडभाड लाग्ने गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि पनि दैनिक वितरणको कोटा घटाइएको हो ।

विभागमा ९० जना कर्मचारी छन् । पासपोर्टका लागि दैनिक साढे २ हजार भन्दा बढी विभागमा पुग्छन् ।