Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश–१

हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउँछौं : मुख्यमन्त्री राई


काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् ।

मुख्यमन्त्री राईले आज (मंगलबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रदेशको नाम संसद्‌ले टुंगो लगाउने विषय भएको बताएका हुन् । आफूहरू सरकारमा आएपछि संसद्‌को एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए ।
मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं। १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने बताए । संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारे ।