समाचार

समाचारको खण्डन गर्दै विपना थापाले भनिन् : ‘म ज्यूँदै छु’


काठमाडौँ — प्रायः सेलीब्रेटीहरु ‘फेक न्यूज’ को शिकार बन्ने गर्दछन् । उनीहरुको दैनिकी चासोको विषय बन्ने भएकोले विभिन्न साइडहरुले समाचार तोडमोड गरेर प्रकाशित गर्ने गरेको पाइन्छ ।

हालै यस्तै फेक न्यूजको शिकार बनिन् अभिनेत्री विपना थापा । केहीदिन अगाडि एक अनलाईनले ‘ट्रकले किच्दा अभिनेत्री विपना थापाको निधन’ भन्ने समाचार प्रकाशित गर्यो । हालै विभिन्न अनलाईनहरुले उनै थापालाई बाढीले बगाएको भन्ने कपोलकल्पित समाचार प्रकाशित गरेर भाइरल बनाइरहेका छन् ।

यस विषयमा योहो टेलिभिजनको सम्पर्कमा आएकी अभिनेत्री थापाले आफ्नो बारेमा आएका विभिन्न समाचार झुटो भएको बताइन् । गलत समाचारका कारण विभिन्न सुभेक्षुकहरुको फोन आउने गरेको र आफू ज्यूदै रहेको बताउने गरेको थापाले सुनाइन् । केही दिन अगाडि ट्रकले किचेर निधन भएको समाचार आफ्नो आमाले पढेको र तत्काल आफ्नो फोन नउठ्दा आमा वेहोस् नै हुन पुगेको भन्दै यस्ता हाबादारी समाचार लेख्नुपूर्व स्रोत खोज्न थापाले आग्रह गरिन् ।

नेपालको तुलनामा भारतमा फेक न्यूजहरु धेरै आउने गरेको अनुभव पनि थापाले सुनाइन् । भारतीय पत्रकारिताको नराम्रो पक्षको सिको नेपालका पत्रकारकारहरुले नगरुन् भन्ने आफूले चाहेको पनि थापाले सुनाइन् । यस्ता ‘फेक न्यूज’ ले घरपरिवारमा तनाव सृजना गर्ने भन्दै थापाले भ्यूजको आशाले पित पत्रकारीता नगर्न आग्रह पनि गरिन् ।