राजनीति

सर्वोच्चका न्यायाधीशहरुको फुल कोर्ट आज, प्रधानन्यायाधीश जबरा उपस्थित नहुने


काठमाडौँ – मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि बैठक बोलाउनुभएको हो ।

जबराले नै फुल कोर्ट बैठक बोलाए पनि उहाँ भने सहभागी हुनुहुने छैन । कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको बुझिएको छ । बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्नुहुने छ ।